चिलीनी:- “रेफ्री सँधै रियल मेड्रिडको पक्षमा निर्णय लिन्छ”

 युभेन्ट्सका सेन्टर ब्याक जर्जियो चिलीनीका अनुसार च्याम्पियन्स लिगमा टोलीको हार पश्चात् नाटकीय रुपमा प्रतियोगिताबाट बाहिरिनुलाई आफूले आश्चर्य रुपमा नलिएको बताएका छन् । उनका अनुसार गत सिजन पनि च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग यस्तै भएको थियो ।

चिलीनीले आफ्नो टोलीको हारको कारण इङ्गलिस रेफ्री माइकल ओलिभर रहेको बताएका छन् । चर्चित फुटबल साईट गोलका अनुसार रेफ्री माइकलले बुधबार सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ दोस्रो लेगको इन्जुरी समयमा रियललाई पेनाल्टीको अवसर दिएका थिए । यो निर्णयप्रति युभेन्ट्सका लिजेण्डरी गोलरक्षक जियानलुईिजी बुफोनले असहमति जनाएका थिए । उनले रेफ्री माइकलसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

बुधबार राती च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ दोस्रो लेगमा रियलले युभेन्ट्सँग ३–१ ले पराजित हुनुका बावजुत समग्रमा ४–३ को अग्रताका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । स्मरणीय छ कि पहिलो लेगमा ३–० ले हारेको युभेन्ट्सले बुधबार भने शानदार प्रदर्शन गर्दै अन्तिम समयसम्म ३–० अग्रता हासिल गरेको थियो र खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना समेत थियो ।

रेफ्रीको यो निर्णयप्रति निराश देखिएका चिलीनीले गत बर्ष रियल मेड्रिड र बायर्न म्युनिखबीच भएको क्वाटरफाइनल भिडन्तको संस्मरण गराउँदै उदाहरण दिएका थिए । स्मरणीय छ कि यो खेलमा अतिरिक्त समयमा रोनाल्डोले गरेको गोलको सहयोगमा रियल बिजयी भएको थियो भने म्युनिखका चिलियन स्टार आर्टुरो भिडाललाई मैदान बाहिर पठाइएको थियो ।

मिडियासेट प्रिमियमसँग कुराकानी गर्दै चिलीनीले भनेका छन् “यो कुनै आश्चर्यको कुरा होइृन । गत बर्ष म्युनिख पनि यहि घट्नाको शिकार भएको थियो । यसपटक युभेन्ट्सको पालो थियो । पहिलो लेग र यो म्याचबारे सबैकुरा भईसकेको थियो ।”