चितवन बुटवल बिचको खेल बराबरी

काठमाडौं, नेपाल सुपर लिग अन्तर्गत आजको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीको खेल सम्पन्न भएको छ।

त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा हुँदै गर्दा चितवनले पहिलो हाफमा २-१ गोलको अग्रता बनाए थियो।

खेलको १५ औं मिनेटमा गोरानको पासलाई जोर्ज प्रिन्स कार्कीले ट्याप इन गर्दै अग्रता दिलाए।

त्येस्को पाँच मिनेट पनि नबित्दै टेक बहादुर बुदाथोकीले क्लोस रेन्जबाट गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको २४ औ मिनेटमा अर्मान्डले गरेको प्रहार क्रस बारमा लाग्दै फर्किए।

बिटवलले खेलमा फर्किने संकेत दिदै ३१ औं मिनेटमा आशिश लामाले डि बक्सबाट गरेको प्रहार गोल हुन पुग्यो।

त्येस पछि कुनै टोलिबाट गोल नहुदा खेल पहिलो हाफमा चितवनले २-१ गोल अन्तरले अग्रता बनाएको थियो।

दोश्रो हाफमा गोरानले डि बकस बाहिरबाट गरेको प्रहार बुटवलका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए।

खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोलरक्षक विशाल सुनवारको गल्तीमा गोल गर्दै खेल २-२ को अवस्थामा ल्याए।

रुप बहादुरको प्रहार बुटवलका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बचाए।

गोरानले खेलको ८६ औं मिनेटमा आफ्नो दायाँ खुट्टाले डि बक्सबाट गरेको प्रहार पोस्टबाट केही माथि हान्न पुगे।

लिगमा चितवनको दुई खेल्दा दुई बराबरी खेल्दै २ अंक रहेको छ भने बुटवलले एक जित र बराबरी गर्दै ४ अंक जोडेको छ।