चितवन टाइगर्सले भित्र्यायाे इंग्ल्याण्ड अन्डर १९ टिमका कप्तान र न्युजील्याण्डका खेलाडी

यस बर्षको एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि चितवन टाइगर्सले दुइ जना विदेशी खेलाडी अनुबन्ध गरेकाे छ । जसमा इंग्ल्याण्ड र न्युजील्याण्डका दुई खेलाडीलाई भित्र्याउने भएकाे छ । यसअघि काठमाण्डौ किंग्स एघार दुइ जना खेलाडीलाइ अनुबन्ध गरेकाेमा चितवन विदेशी खेलाडी ल्याउने दाेस्राे टिम बनेकाे छ ।

इंग्ल्याण्डका अन्डर १९ टिमका कप्तान म्याक्स होल्डेन र जेम्स फुलरले चितवनबाट इपिएल खेल्ने भएका हुन । जेम्स फुलर इंग्ल्याण्डको घरेलु क्रिकेटमा राम्रा खेलाडीमा गनिन्छन । दक्षिण अफ्रिकामा जन्मिएका फुलरले न्युजील्याण्डका लागि अन्डर-१९ क्रिकेट खेलेका थिए । अर्का खेलाडी म्याक्स होल्डेनले इंग्ल्याण्डको अन्डर १९ टोलीको कप्तानी गरिसकेका छन् भने हाल काउन्टी क्रिकेटमा मिडलसेक्सबाट नै खेल्छन ।

यसअघि इपिएलमा सहभागि अर्को टोलि काठमाण्डौ किंग्स एघारले आयरल्याण्डका केभिन ओ ब्रायन तथा संयुक्त अरब एमिरेट्सका रोहन मुस्तफालाई बिदेशी खेलाडीको रुपमा अनुबन्ध गरेकाे बताएकाे थियाे ।