चितवन टाइगर्सले इपिएलका लागि म्याक्स र जेम्स भित्र्याए

चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा दुई विदेशी खेलाडी ल्याएको छ ।
इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई चितवन टाइगर्सले भित्राएको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन् ।

मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्नेक्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।

दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो सातामा हुने कार्यक्रम रहेको छ ।
तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने छौं ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, अनिल मण्डल, दीलिप नाथ, सन्दीप सुनार, भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम लगायत खेलाडी छन् ।