चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, औपचारिक सम्झौता मात्र बाँकी

नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने निश्चित भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनको प्रस्ताव अनुसार भरतपुर महानगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रियाले गति लिने भएको छ ।

भरतपुर महानगरपालिकाको कार्यकारी बैठकले भरतपुर महानगरपालिका अन्तर्गत रामपुर बिश्वविद्यालयको स्वामित्वमा रहेको २० बिगा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

भरतपुर महानगरकै स्वामित्वमा रहेको वडा नम्बर २० को जग्गा अन्तर्राष्ट्रिष्य मान्यता अनुसारको नभएकाले रामपुर विश्वबिद्यालयलाई त्यस जग्गा सट्टाभर्ना गर्ने गरी निर्णय भएको मेयर रेणु दाहालले जानकारी दिइन् ।

सबै क्षेत्रसगँ छलफल गरे पछि रामपुर नै उपयुक्त देखिएकाले निर्णय गरिएको जानकारी दिँदै मेयर दाहालले हालका लागि विश्वविश्वद्यालयलाई १५ विघा जग्गा वडा नम्बर २० मा रहेको भिमदेवी आधारभुत विद्यालयले भोगचलन गर्न दिने र बाँकी ५ विघा छिट्टै ठाउँ हरेर दिने बताइन् ।

शुक्रबार विश्वबिद्यालयका कुलपति प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने रामपुर विश्वबिद्यालयको सिनेट बैठकले आफू मातहतको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरलाई उपलब्ध गराउने निर्णय गर्ने पनि मेयर दाहालले जानकारी दिइन् ।

तीन महिनाअघि धुर्मुस–सुन्तली फाउण्डेसनले भरतपुर महानगरलाई रंगशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो । यसबीचमा फाउण्डेसनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल लगायतले अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए ।

धुर्मुस–सुन्तली फाउण्डेसनले यसअघि ललितपुरको गोदावरीमा रंगशाला बनाउने प्रक्रिया सुरु गरेको थियो । तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहर चितवनमा लागेका थिए । भरतपुर महानगर आफैंले पनि धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताउँदै आएको थियो ।