चार खेलाडीहरूलाई पछि पार्दै भ्यालेन्सियाका खेलाडीले गरे यस्तो उत्कृष्ट सोलो गोल (VIDEO)

भ्यालेन्सियाका स्टार गोन्कालो गुएडेसले ओसासुनाको बिरुद्द गोल अफ द सीजनको दावेदार हुने लायक गोल गरे।

गुएडेसले आफ्नो पक्षको पहिलो गोल निकै उत्कृष्ट स्टाइलमा गरे र भ्यालेन्सियाले ओसासुनालाई २-० ले हराउँदै ला लिगामा ३ पोइन्ट दाबी गरे।

पोर्चुगलका खेलाडीले १२ औं मिनेटमा गोल गरे पछि जुन निकै उत्कृष्ट सोलो गोल रहेको छ। गोल गर्ने क्रममा उनले अविश्वसनीय रन गर्दै ४ विपक्षी खेलाडीलाई पछि पार्दै सोलो गोल गरे।

गुएडेसको उत्कृष्ट एकल गोलले सामाजिक सामाजिक संजालमा धेरै चर्चा पायो। धेरैले उनको उक्त गोलले गोल अफ द सीजन जित्न पर्ने भनेर भनेका छन्।