चाईनिज ताईपेविरुद्ध नेपालको सुरुवाती ११

चाईनिज ताईपेसँग मैत्रीपूर्ण खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक योहान कालिनले चाईनिज ताईपेसंग खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । नेपालले चाईनिज ताईपेविरुद्ध ४:४५ मा प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोली नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रने भएको छ । नेपाली टोलीको कप्तानी किरण चेम्जोङ र मिडफिल्डर बिक्रम लामा मध्ये एकले गर्ने सम्भावना रहेको छ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ; डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, देवेन्द्र तामाङ,अजित भण्डारी; मिडफिल्डर : रवी पासवान,रोहित चन्द,बिक्रम लामा, सुजल श्रेष्ठ, सन्तोष तामाङ; फरवार्ड :अभिषेक रिजाल