चर्च लागे अन्जन बिष्ट

चर्च ब्वाईज युनाईटेडमा राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट अनुबन्धित भएका छन् ।

चर्च ब्वाइजले बुधबार फरवार्ड अन्जनलाई अनुबन्ध गरिएको जनाएको छ ।

२४ वर्षीय फरवार्डले चर्च ब्वाइजसँग एक वर्षको सझौता गरेका छन् ।

अन्जन मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइज आएका हुन् ।

राष्ट्रिय टिमका लागि ११ गोल गरिसकेका फरवार्ड अन्जन चार वर्ष बिताएर मनाङ छाडेका हुन् ।

अन्जनले सामाजिक संजाल फेसबुकबाट मंगलबार मनाङ छाडेको जनाएका थिए ।

अन्जन २०१८ मा मनाङमा आबद्द भएका थिए ।  मनाङ आउनु अघि अन्जनले एपीएफ क्लबबाट खेलेका थिए ।

मनाङबाट अन्जनले ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए ।

चर्च ब्वाइज ‘बी’ डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।