चर्चित लिग ईंग्लिश प्रेमिएर लिग आज देखी सुरु हुदै – को को खेल्दै छ आज?

सर्वाधिक रुचाइएको फूटबल लिग ईंग्लिश प्रेमिएर लिग आज राती अर्थात भोलि बिहान (१२:४५) देखी सुरु हुदै ।

गत सिजन दोस्रो स्थानमा पर्न सफल भएका टिम म्यान्चेस्टर युनाइटेड र केही सिजन अगाडि ईंग्लिश लिग जित्न सफल भएका लेस्टर सिटी नया सिजनको पहिलो खेल खेल्दै छ ।

युनाइटेडले येस ट्रास्फर सिजनमा ३ जना नया खेलाडीहरु भित्र्याए – फ्रेड, दालोट र ग्रान्ट । म्यान्चेस्टर युनाइटेडले अरु १/२ जना खेलाडीहरु पनि भित्र्याउन चाहन्थे तर सफल भएनन । हिजो ईंग्लिश लिगमा खेलाडीहरु किन बेच गर्ने अन्तिम दिन भए ता पनि अगस्तको अन्तिम सम्म भने ईंग्लिश टिमहरु ले खेलाडीहरु लोनमा किन बेच गर्न मिल्ने छ ।

त्यसै गरि लेस्टरका स्तार डिफेनडर ह्यरी मगुइर पनि म्यान्चेस्टर युनाइटेडको सुचीमा थियो तर उनको भारी ट्रान्स्फर फि का कारण युनाइटेडले भित्र्याउन सकेनन् ।

लेस्टरका कोच पुएलले मगुइरको कुरा जोर्दै “ह्यारी पक्कै पनि म्यान्चेस्टर युनाइटेडमा जान्छ तर केबल केही घन्टाको लागी”, भनेर मजाक गरे ।