चर्चित दक्षिण भारतिय हाँस्य कलाकार भेनु माधवको निधन

दक्षिण भारतिय फिल्मका तेलेगु हाँस्य कलाकार भेनु माधवको निधन भएको छ । माधवको हैदरावादस्थित यशोदा अस्पतालमा बुधवार दिउँसो तिन बजे निधन भएको हो ।

उनी केहि बर्षदेखि कलेजो र मिगौगाका बिरामी थिए । जसका कारण लामो समयसम्म उनले नयाँ काम समेत गर्न सकेका थिएनन् । चिकित्सकले यो हप्ताको सुरुमै माधवलाई कलेजो प्रत्यारोपणका लागि सल्लाह दिएतापनि यसबारे छलफल गर्नुअघि नै मंगलबारका दिन उनको स्वास्थ्य विग्रियो र अस्पताल भर्ना भएका थिए ।

माधवका दाजु गोपालकृष्णले उनी अव यो संसारमा नरहेको जानकारी दिएका हुन् । पार्थिव शरिरलाई उनीको आवास काप्रा लगिने र अन्तिम श्रद्धान्जलीका लागि राखिने पनि उनका दाजुले बताएका छन् ।

उनको निधनले दक्षिण भारतका कलाकारहरु शोकमा डुवेका छन् । केहि कलाकारहरु जस्तै ब्रम्हाजी, नितिन, साइ धरम तेज लगायतले सामाजिक सञ्जालमार्फत दुःख साँटेका छन् ।

सन् १९६८ मा जन्मिएका माधवले सम्प्रदायम फिल्मबाट यस क्षेत्रमा डेब्यु गरेका थिए । उनको अन्तिम फिल्म सन् २०१६ को डीआर परमानन्दैशः स्टुडेन्ट ग्यांग बनेको छ । ३९ बर्षका उमेरमा निधन भएका माधवको श्रीमती र दुई छोरा छन् ।