चर्को विरोध पछि युरोपियन सुपर लिगबाट क्लबहरूले नाम फिर्ता लिए

रियल म्याड्रिडका अध्यक्ष पेरेज र म्यान्चेस्टर युनाइटेडका मुख्य कार्यकारी निर्देशक एड वुडवार्डको नेतृत्वमा सुरु हुन लागेको युरोपियन सुपर लिगको योजना हाल रद्द हुने भएको छ।

युरोपको १२ ठुलो क्लबको संलग्नतामा हुने भनिएको सुपर लिगको धेरै आलोचना भए पछि प्रिमियर लिग क्लबहरूले आफ्नो नाम फिर्ता लिन थाले र हाल सो सुपर लिग रद्द हुने भएको छ।

सुपर लिगको घोषणा पनि इङ्गल्यान्डका फुटबल फ्यानहरू धेरै आक्रोशित थिए भने चेल्सीका फ्यानले क्लबको स्टेडियम अगाडी ठुलो विरोध प्रदर्शन गरे भने लिभरपुल र म्यानचेस्टर युनाइटेडका फ्यान र खेलाडीहरूले पनि आफ्नो असन्तुष्टि देखाए।

फ्यानहरूको नकारात्मक प्रतिक्रिया र फिफाको चेतावनी पछि प्रिमियर लिग क्लबहरूले सो सुपर लिगबाट आफ्नो नाम फिर्ता लिन थाले भने इटालियन क्लब एसी मिलान र इन्टर मिलानले पनि आफ्नो नाम फिर्ता लिए।

हाल सुपर लिगमा नाम रहेको क्लबहरू रियल म्याड्रिड, बार्सिलोना, एटलेटिको म्याड्रिड र युभेन्टस रहेका छन्। बार्साले पनि आफ्नो नाम फिर्ता लिने चर्चा छ।

रियलका अध्यक्ष पेरेज भने सुपर लिग अन्त्य भएको विश्वास गर्न चाहँदैनन् र नयाँ संरचना र गठनको साथ नयाँ सुपर लिग गर्नेमा उनी दृढ छन्।

हाल प्रिमियर लिगका ६ क्लबहरूले उक्त लिगबाट आफ्नो नाम फिर्ता गरेको सार्वजनिक गरे र फ्यानहरू सँग माफी पनि मागे। म्यान्चेस्टर युनाइटेडका मुख्य कार्यकारी निर्देशक एड वुडवार्डले २०२१ पछि आफ्नो पद त्याग गर्ने पनि घोषणा गरे।