घोडचढीमा खिलध्वज पहिलो

घोडचढी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : अन्नपूर्ण

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का (गणेश) ले पहिलो स्थान हात पारेका छन्। यसैगरी रामबहादुर दाहाल (सम्मोहन) र सविनकुमार पोखरेल (आकांक्षा) ले क्रमशः दोस्रो र तेस्रो भए।

त्यसैगरी शोजम्पमा योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावलले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे।

प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनबापत जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो। यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ थिए।

यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो। सवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे।

@Annapurna Post