घाइते भएका एम्बाप्पेले कुन कुन खेल गुमाउँदै? पुरा जानकारी

पेरिस सेन्टर जर्मन (पिएसजी) का स्टार खेलाडी किलियन एम्बाप्पे एक महिना मैदानबाहिर रहने क्लबले जनाएको छ। एम्बाप्पे टुलुजविरुद्ध खेलमा घाइते भएका हुन्।

सो खेलमा पिएसजीले ४-० को जित हासिल गरेको थियो। एम्बाप्पेले पिएसजीको पहिलो च्याम्पियन्स लिग खेल गुमाउनेछन् । सेप्टेम्बर १७ र १८ मा हुने खेलमा एम्बाप्पे मैदानबाहिर रहनेछन् ।

लिगमा भने तीन खेल पनि गुमाउनेछन्। यस्तै उनले युरो २०२० को छनोट खेल पनि गुमाउने भएका छन्। अर्को महिनाको सुुरुआतमा फ्रान्सले अल्बानिया र एन्डोरासँग छनोट खेल्दै ।