जर्मन लिगमा शनिवार भिएफएल बोचम डर्टमण्डसँग ३–० ले पराजित भएको थियो भने उक्त खेलको एक हास्यास्पद भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।
Cuando me pregunten cómo te trata vida directamente les voy a responder: IGUAL QUE A ANTHONY LOSILLA pic.twitter.com/sNbq8UdIah
— Stefi (@HeredrivStefan) November 5, 2022
भिएफएल बोचमका घाइते खेलाडीलाई उपचार गर्न आएका फिजियो आफै चिप्ले भने फिजियोले नै अनजानमा सो घाइते खेलाडीको टाउको लात हान्न पुगे पछि हाल सो खेलको भिडियो भाइरल हुदै गाएको छ।
खेल ३-०को स्कोरमा रहेको बेला डर्टमण्डको काउन्टर अट्याक रोक्ने प्रयास गर्दा भिएफएल बोचमका दुई खेलाडी एन्थोनी लोसिला र क्रिस्टियन गाम्बोआको टाउको एक अर्का सँग ठोक्न पुगेको थियो जसको कारण दुवै खेलाडी मैदानमा लडे र रेफ्रीले उक्त खेलाडीहरूको उपचारको लागि खेल रोके।
#e_RadioUS Jan reacts to physio sliding into Anthony Losilla | ESPN FC https://t.co/nK7DOuFnIo pic.twitter.com/rq5By4hglh
— E-Radio.US (@eRadioUS) November 6, 2022
भिएफएल बोचमका फिजियो आफ्नो खेलाडीको उपचार गर्न निकै हतारमा आए तर मैदानमा फिजियो आफै चिप्लिन पुगे भने उनको खुट्टाले घाइते रहेको एन्थोनी लोसिलाको टाउको लाग्न पुग्यो।
हाल उक्त भिडियो सामाजिक संजालमा धेरै भाइरल हुँदै गएको छ। सो खेल भने डर्टमण्डले ३-०ले जितेको थियो। १३ खेलमा ८ जित हासिल गरेको डर्टमण्ड लिगको चौथो स्थानमा रहेको छ।