च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब एटलान्टासँग २-० ले पराजित भएको हो ।
लिभरपुल घरेलु मैदान एनफिल्डमै पराजित भएको हो । एटलान्टालाई जित दिलाउन जोसेप इलिचिच र रोबिन गोसेन्सले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा जोसेपले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा रोबिनले गोल गर्दै एटलान्टालाई २-० को जित दिलाए ।
जितसँगै समूह ‘डी’ को एटलान्टाले ७ अंक जोडेको छ । समूहको तेस्रो स्थानको एटलान्टाको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
घरेलु मैदानमा पराजित लिभरपुलले नकआउट चरणमा पुग्ने मौका गुमाएको छ ।
शीर्ष स्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ ।