घरेलु मैदानमा लिभरपुलको चेल्सीसंग येस सिजन पहिलो हार

चेल्सीसंग पराजित हुँदै लिभरपुल काराबाओ (इएफएल) कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।
बुधबार राति लिभरपुल घरेलु मैदानमा चेल्सीसंग २ – १ ले पराजित भएको हो । चेल्सीले एक गोलको अग्रता उल्टाएर लिभरपुललाई हराएको हो ।

एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले सुरुवाती अग्रता बनायो ।
खेलको ५९ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर, ७९ औं मिनेटमा एमर्सनले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि नायक बने इडेन हाजार्ड ।
खेलको ८६ औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

यो हारसंगै यस सिजन लिभरपुलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

लिभरपुल सबै प्रतियोगितामा पछिल्लो ७ खेलमा अपराजित रहेको थियो ।