घरेलु मैदानमा युनाईटेडको हार

एजेन्सी, इंग्लिश प्रिमियर लिग अन्तर्गत गए रातीको खेलमा लिभरपुलले जित दर्ता गरेको छ। म्यान्चेस्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिएको उक्त खेलमा युनाईटेड लिभरपुलसंग ४-२ गोल अन्तरले हारेको हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड हार्न बाध्य भएको हो।

खेलको नौ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाए। लिभरपुलका लागि डिएगो जोटाले बराबरी गोल फर्काए।

पहिलो हाफ सकिन केही मिनेट बाकी रहेको अवस्थामा फर्मिनोले लिभरपुललाई अग्रता दिलाए।

खेलको ४६ औं मिनेटमा फिर्मिनोले ब्याक्तीगत दोश्रो गोल र टिमका लागि तेस्रो गोल गरे।

युनाईटेडले खेलमा फर्किने संकेट दिदै ६७ औं मिनेटमा गोल गर्दै खेल ३-२ गोलको स्थितिमा ल्याए।

सालाहले खेलको ८९ औं मिनेटमा गोल गर्दै खेल ४-२ को नतिजामा पुराए। त्येस पछि कुनै टिमबाट गोल नहुदा लिभरपुलले खेल ४-२ गोल अन्तरले जित्न सफल रह्यो।

यो जितसंगै च्याम्पियन्स लिग स्थानको दौडमा रहेको लिभरपुल चौथो स्थानबाट ४ अंकको दुरिमा छ। उस्ले चौथो स्थानको चेल्सी भन्दा एक खेल कम खेलेको छ।

युनाईटेड यस हार पछि दोश्रो स्थानमा यथावत रहेको छ।