घरेलु मैदानमा म्यान्चेस्टर सिटीको लज्जास्पद हार

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिवार भएको खेलमा म्यान्चेस्टर सिटी १० खेलाडीमा सिमित लिड्स युनाइटेडबिरुद्ध हारेको छ ।

खेलको पहिलो हाफको ४२ औं मिनेटमा लिड्सका स्टुआर्ट डालासले गोल गर्दै लिड्सलाई १-० को अग्रता दिलाएको हो ।

पहिलो हाफकै अन्तिम समयमा लियाम कोपरले रातो कार्ड खादै लिड्स १० खेलाडीमा सिमित हुन पुग्यो ।

खेलको ७६ औं मिनेटमा फेरान टोरेसले म्यान्चेस्टर सिटीका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

खेलको ९१ औं मिनेटमा लिड्सका स्टुआर्टले ब्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को महत्त्वपूर्ण जित दिलाउन सफल भयो ।

जितसंगै लिड्स ९ वौं स्थानमा उक्लेको छ भने म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत रहेको छ ।