घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेड अझै जित बिहिन

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेलेको हो ।

ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाड्नु परेको हो ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाईटेड तालिकाको ११ औं स्थानमा रहेको छ ।

चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।