घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडको बर्नलीबिरुद्ध लज्जास्पद हार

इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड बर्नलीबिरुद्ध हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

बर्नलीको जितमा क्रिस वूड र जय रोड्रीगेजले एक एक गोल गरेका थिए । म्यान्चेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा खेलेको खेलमा आफ्ना प्रमुख स्ट्राइकर मार्कोस राशफोर्ड बिना नै खेलेको थियो ।

जितसँगै बर्नली २४ खेलमा ३० अंकसहित १३औ स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड २४ खेलमा ३४ अंक रहेको छ र लिगको पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा टोटनह्यामले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।