घरेलु मैदानमा म्यान्चेस्टर सिटी जित्न असफल

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

क्रीस्टल प्यालेसबिरुद्ध म्यान्चेस्टर सिटीले आफ्नो घरेलुु मैदानमा २-२ को बराबरी खेलेको हो ।

खेलमा क्रीस्टल प्यालेसका टोसुनले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सिटीले अन्तिम समय तिर आएर दुई गोल फर्काउन सफल भयो ।

८२ औं र ८७ औं मिनेटमा अगुएरोले दुई गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाएका थिए ।

अन्तिम मिनेटमा सिटीका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै क्रीस्टल प्यालेसलाई खेलमा बराबरीमा ल्याएको हो ।

बराबरीसंगै सिटीले शीर्ष स्थानको लिभरपुलसंग अंक दुरि घटाउने मौका खेर फालेको छ ।