घरेलु मैदानमा चेल्सीद्वारा एभर्टन पराजित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।

एभर्टनका गोलकिपर पिक्फोर्डले काइ हाभर्ट्जलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

जसमा जोर्गिन्हो चुकेनन् ।

यस जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।

चेल्सीले २८ खेलमा ५० अंक जोडेको छ ।

एभर्टन ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।