घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

इङलिस प्रेमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा चेल्सीले साउथह्याम्पटनसंग २-० को हार बेहोरेको छ ।

चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रीजमा भएको खेलमा साउथह्याम्पटनले ३१ औं मिनेटमा ओबाफेमीको गोलबाट अग्रता बनायो ।

७३ औं मिनेटमा रेड्मोन्डले गोल गर्दै साउथह्याम्पटनलाइ २-० को जित दिलायो ।

हारसंगै चेल्सी चौथौ स्थानमा यथावत रहेको छ भने साउथह्याम्पटन १४ औं स्थानमा उक्लिएको छ ।

त्यसै गरि आर्सनलले नयाँ म्यानेजर आर्टेटाको नियुक्तमा बोउर्नेमाउथबिरुद्ध १-१ को बराबरी खेलेको छ ।