घरेलु मैदानमा आर्सनल चेल्सीसंग पराजित

एजेन्सी, आर्सनल र चेल्सी बिचको मैत्रीपुर्ण खेलमा चेल्सीले जित हात पारेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले जित्न सफल भएको हो ।

चेल्सीले दुबै हाफमा एक एक गोल गरेका थिए । यस्तै, आर्सनलका लागि दोश्रो हाफमा गोल सम्भव भएको थियो ।

चेल्सीका लागि काइ हाभर्ट्जले गोल गर्दै अग्रता दिलाए । खेलको २६ औं मिनेटमा टिमो वार्नरको पासलाई सदुपयोग गर्दै गोल गरे ।

त्येस्तै, खेल सकिन २० मिनेट बाकी रहेको अवस्थामा आर्सनलका लागि झाकाले बराबरी गोल फर्काए । निकोलस पेपेको कर्नर प्रहारलाई उत्कृष्ट ढंगले हेड गर्दै खेल १-१ गोलको स्थितिमा ल्याए ।

चेल्सीका स्ट्राइकर ट्यामी अब्राहमले आर्सनलको डेफेन्सको कमजोरीको फाइदा उठाउदै गोल गर्न सफल रह्यो ।

आर्सनलले अर्को प्रि-सिजनको मैत्रीपुर्ण खेल लण्डनको चिर-प्रतिद्वन्द्वी टोटेन्हमसंग खेल्दै छ ।