‘ग्वार्डिओलासँग काम गर्दा सेक्समा भन्दा बढी आनन्द मिल्छ’ – ड्यानी आल्भेस

पिएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका ब्राजिलियन खेलाडी ड्यानी आल्भेसले आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाको प्रशंसा गरेका छन् । विगतमा बार्सिलोनामा लामो समय सँगै काम गरेका आल्भेसले हाल इंग्लिस क्लब म्यानचेस्टर सिटीको कमान्ड सम्हालिरहेका ग्वार्डिओलालाई उत्कृष्ट प्रशिक्षकको उपमा दिएका हुन् ।

हालसालै एक मिडियामा विशेष कुराकानी गर्दै बार्सिलोनाका पूर्वखेलाडी आल्भेसले ग्वार्डिओला अनेक हिसाबले सहज र क्षमतावान् प्रशिक्षक रहेको बताएका छन् । उनले ग्वार्डिओलासँग योजना र रणनीति मात्रै नभएर खेलाडीलाई उत्साहित बनाउने र ऊर्जा भर्ने विशेष खुबीसमेत रहेको बताए ।

‘उनी (ग्वार्डिओला) खेलाडीका लागि एक सफल र माहिर प्रशिक्षक हुन्, यसमा दुईमत छैन,’ आल्भेसले भनेका छन्, ‘उनीसँगका मसँग थुप्रै मिठा अनुभूति छन् ।’
आल्भेसले त ग्वार्डिओलासँग काम गर्दा सेक्समा भन्दा बढी आनन्द मिल्ने पनि बताए । ‘ग्वार्डिओलसाँग काम गर्दा सेक्समा भन्दा बढी आनन्द मिल्छ ।’

आल्भेसले ग्वार्डिओलाबारे यस्तो टिप्पणी गरेपछि त्यसको भोलिपल्टै ग्वार्डिओलाले पनि आल्भेसको जवाफ दिएका छन् । उनले आल्भेसलाई जवाफ दिँदै आफ्नो भने सेक्समै रुचि रहेको बताए ।

आल्भेसको भनाइबारे बोल्दै ग्वार्डिओलाले भनेका छन्, ‘तर, मलाई त सेक्ससँगै रुचि छ ।’