ग्रे एभर्टनमा अनुबन्धित

एजेन्सी, एभर्टनले पुर्व लेष्टर सिटिका विङ्गर डिमाराइ ग्रेलाई अनुबन्धित गरेको छ । उनलाइ जर्मन क्लब बायर लेभर्लुसेनबाट एभर्टनले तीन बर्ष सम्झौताका लागि अनुबन्ध गरेको हो ।

उनी हाल एभर्टन प्रशिक्षण स्थल फ्लोरिडामा पुगेका छन । एभर्टन प्रि-सिजन प्रशिक्षणका लागि अमेरिका स्थित फ्लोरिडामा बन्द प्रशिक्षण रहेको छ ।

उनी बिहिबार फ्लोरिडा पुगेर मिडिकल जाचँ गरेको छ ।

उनले क्लबसंग तीन बर्षको सम्झौता पत्र हस्ताक्षर गरेको छ । उनले अर्को एक बर्षको बिकल्प रहेको छ ।

उनी एभर्टनमा अनुबन्ध हुने तेश्रो खेलाडी हुन । अस्मिर बेगोभिच र एम्ड्रोस टाउन्सेन्ड क्लबमा अनुबन्धित भइसकेको छ ।