यो वर्षको फिफा विश्व कपमा डार्क हर्स मानिएको बेल्जियम ग्रुप स्टेजबाटै नकटआउट भएको छ भने सो कुरा निकै लज्जास्पद रहेको भनेर बेल्जियमका स्टार गोलकिपर थिवाउट कोर्तुवाले दाबी गरेका छन्।
Thibaut Courtois admits that Belgium’s early exit from the World Cup is ‘a bit embarrassing’ https://t.co/Lc2qyJKNm3
— MailOnline Sport (@MailSport) December 4, 2022
ग्रुप एफमा आफ्नो अन्तिम खेलमा बेल्जियमले क्रोएशिया सँग ०-०को बराबरी खेल पछि बेल्जियम अर्को चरण पुग्न असफल भएको थियो र बेल्जियमको गोल्डन जेनेरेशनले केही नजित्नु लज्जास्पद रहेको गोलकिपर थिवाउट कोर्तुवाले एक अन्तर्वार्तामा बोल्दै भने।
“यो विश्वकप र युरोमा हामी ‘आफू’ थिएनौँ, यो अलि लज्जास्पद छ। हामी हेर्नेछौँ के हुन्छ, को टिममा रहन्छ, को रहँदैन। आजकल चाडै अन्तर्राष्ट्रिय फुटबल खेलहरू आउने गर्छ- मार्चमा युरोका लागि छनोट खेलहरू सुरु हुने छ।”- कोर्तुवाले बताए।
“आफूले केही जित्न नसकेपछि आफूलाई ‘गोल्डेन जेनेरेशन’ भन्न गाह्रो हुन्छ। हामी सुनौलो पुस्ता होइनौँ, हामी युरोपभरबाट धेरै प्रतिभा र उत्कृष्ट खेलाडी भएको पुस्ता हौँ। हामीले रुस २०१८ मा देख्यौँ कि हामी राम्रो फुटबल खेल्ने बेल्जियम हौँ।”
क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने २०२६ विश्वकपमा बेल्जियमका लागि आफूले खेल्ने आशा राखेको वारे पनि कोर्तुवाले बताए।
“हो, मेरो लक्ष्य यही हो। हामीसँग अझै राम्रो पुस्ता छ र त्यहाँ सामेल हुने खेलाडीहरू छन्। मलाई आशा छ कि जब म बेल्जियम सँग खेल्न छोड्छु त्यो राम्रो समयमा हुनेछ, अहिले होइन।”