ग्रीजम्यान र सुवारेजको गोल बाबजुद बार्सिलोना जित्न असफल

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिबार भएको खेलमा बार्सिलोनाले रियल सोसिइडादबिरुद्ध बराबरी खेलेको छ ।

खेलमा रियल सोसिइडादका मिकेलले १२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनायो ।

३८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

४९ औं मिनेटमा लुइस सुवारेजले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाइ २-१ को अग्रता दिलायो ।

६२ औं मिनेटमा रियल सोसिइडादका इसाकले गोल गर्दै खेल २-२ बराबरीमा ल्याएको हो ।

बराबरीसंगै हाल बार्सिलोना शीर्ष स्थानमा १ खेल कम खेलेका रियल म्याड्रीड भन्दा १ अंकले माथी रहेको छ भने रियल सोसिइडाद चौथौ स्थानमा रहेको छ ।