‘ग्रीजम्यान बार्सिलोना जाने पक्का भैसक्यो’ – एथ्लेटिको म्याड्रिडका सिइओ

एथ्लेटिको म्याड्रिडका फरवार्ड ग्रीजम्यान बार्सिलोना जाने पक्का भएको छ । सिजन सकिनु भन्दा अगाडी फ्रेन्च फरवार्ड ग्रीजम्यानले एथ्लेटिको छाड्ने घोषणा गरेका थिए ।

यो भन्दा अगाडीको सिजनबाटै ग्रीजम्यान भित्र्याउन कुरा थियो तर कप्तान मेस्सी सहित केही खेलाडीले ग्रीजम्यान भित्र्याउन नहुने अडान लिएका थिए ।

त्यसपछि पीएसजि जाने कुरा पनि आएका थिए तर अब ग्रीजम्यान बार्सिलोना जाने कुरा एथ्लेटिकोका सिइओ पुष्टि गरेका हुन् ।