ग्रीजम्यान एट्लेटिकोसंग निराश, प्रशिक्षणमा सामेल नहुने बताए

फ्रेन्च खेलाडी एन्टोन ग्रीजम्यानको बार्सिलोना जाने कुरा लगभग पक्का भए पनि दुई क्लब बिच सहमति नहुदा ढिलाइ भइरहेको हो र यो समाधान हुन अझै केही दिन लाग्ने देखिएको छ ।

एन्टोन ग्रीजम्यानले एट्लेटिको म्याड्रिडलाई आफू आइतबार हुने प्रशिक्षणमा सामेल नहुने बताएका छन् ।

वास्तबमा, मार्काले बुझेको अनुसार, एट्लेटिको म्याड्रिडले नै नयाँ खेलाडीहरु भित्र्याउन ग्रीजम्यानलाई क्लब छाड्ने बारे छिटो निर्णय मागेका हुन् ।

येदि त्यस डिलमा कुनै प्रगति नभए, बार्सिलोनाले ग्रीजम्यानको रिलिज क्लज अर्को हप्ता सक्रिय गर्ने बुझीएको छ ।