ग्रीजम्यानको गोलमा बार्सिलोनाको जित

कोपा डेल रे अन्तर्गत बार्सिलोनाले इबिजालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यानले दुई गोल गर्दै जिताएका हुन् ।

इबिजाका लागि पेप कबालीले खेलको नवौ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । १-० गोलले पछाडी परेको बार्सिलोनालाई खेलको ७२औ र ९४औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए ।

यो सँगै ग्रीजम्यान यस सिजनमा बार्सिलोनाबाट ला लिगा, च्याम्पियन्स लिग, सुपर कप र कोपा डेल रेमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।