ग्रिलिश सिटिमा अनुबन्ध हुने सम्भावना बलियो बन्दै

एजेन्सी, एस्टन भिलाका इङ्लिस स्टार खेलाडी ज्याक ग्रिलिश म्यान्चेस्टर सिटिमा अनुबन्ध हुने सम्भावना बलियो बन्दै आएको छ। रिपोर्टका अनुसार ग्रिलिश सिटिमा अनुबन्ध हुने सम्भावना माथिल्लो चरणमा पुगेको छ।

ग्रिलिस हाल २०२५ सम्मका लागि एस्टन भिलामा अनुबन्धित छन्। ग्रिलिशका साथसाथै म्यान्चेस्टर सिटि अर्का इङलिस खेलाडी ह्यारी केन भित्र्याउन पनि इच्छुक रहेको भनिएको छ। दुवै खेलाडीहरुको कुल मूल्य करिब २२० मिलियन पाउन्ड पुग्न सक्ने अनुमान लगाइएको छ।
२५ वर्षका इङ्लिस खेलाडी ग्रिलिश एस्टन भिलाको एकेडेमीका उत्पादन हुन्। उनले एस्टन भिलाका लागि २१३ खेल खेली सकेका छन् जस्मा उनले ३२ गोल पनि गरेका छन्। इङ्लिस राष्ट्रिय टोलीका लागि भने उनले १२ खेल खेलेका छन्।