ग्रिज्म्यान बार्सिलोनामा बोझ बन्दै

एजेन्सी, बार्सिलोनाले आगामी सिजनका लागि केही उच्च स्तरका खेलाडिलाइ बेच्ने तयारी गरेको छ । कुटिन्हो, ग्रिज्म्यान र प्यानिकलाई बेच्ने क्लबले बिक्रि सुचीमा राखेको छ ।

बिशेष गरि एन्टोइन ग्रिज्म्यान । क्लबलाई उनी निल्न वा ओकल्नु भएको छ । उनलाइ बिक्रि गरेको अवस्थामा आर्थिक भार र ट्रान्सफर फिबाट क्लबलाइ केही सहज भने अवश्य हुनेछ ।

क्लबको स्पोर्टिङ ब्यवस्थापनले उन्लाइ बेच्ने पक्रियामा लागेको छ ।

ग्रिज्म्यान क्लबको दोश्रो सर्वाधिक पारिश्रमिक बुझ्ने खेलाडिमा पर्दछ । मेस्सी पहिलो स्थानमा रहेको छ ।

ग्रिज्म्यान क्लबमा रहेको अवस्थामा क्लबले ला लिगामा निर्धारित गरेको पारिश्रमिक नीति पूरा हुन मुस्किल देखिन्छ ।

इग्ल्यान्ड र फ्रान्स ग्रिज्म्यानको बिकल्प हुन सक्दछ । उनले युरो कपमा गरेको प्रदशनले धेरै क्लबले उनलाइ भित्र्याउन चाहेको छ ।

गत सिजन बार्सिलोनामा उनले ५१ खेलमा १९ गोल गरेका थिए । क्लबको आर्थक अवस्थाका कारण उनलाइ बिक्रि गर्ने मनशाय बनाएको हो ।