एट्लेटिकोले ग्रिज्म्यान गुमाउने

एजेन्सी । एट्लेटिको म्याड्रिडले कोपा डेल रे अन्तर्गतको खेलमा रायो माहाडाहोन्डालाई फराकिलो अन्तरले हरायो ।

बिहिबार राती भएको खेलमा एट्लेटिकोका लागि सुखद नतिजा आए पनि फरवार्ड एन्टोइन ग्रिज्म्यानले भने चोट बोक्न पुगेको छ ।

फ्रान्सेली फरवार्ड केही दिन अगाडि मात्र चोटबाट फर्केका थिए । उनले म्याड्रिड डर्बीमा चोट बोके पछि माहाडाहोन्डाविरुद्ध फर्केका थिए ।

उनले दोश्रो हाफमा मैदान प्रवेश गर्दै टोलिका लागि चौथो गोल समेत गरे ।

त्यसको, केही समय पछि उनले आफ्नो मांसपेशीमा केही असहज भए पछि मैदान बाहिर बोलाएको थियो ।

ग्रिज्म्यानले अब कम्तीमा पनि अर्को हप्ताको खेल गुमाउने पक्का भएको छ ।