“ग्रिज्मानले एट्लेटिको म्याड्रिड छोडेर आफ्नै चिहान खने”

बार्सिलोनाका फर्वाड एन्टोनी ग्रिज्मानले एट्लेटिको म्याड्रिड छोडेर ठुलो भुल गरेको पुर्व एट्लेेेेेेटिकोका खेलाडी अल्भारो डोमिङगुएजले बताए ।

ग्रिज्मानले गत सिजन एट्लेटिको म्याड्रिड छोडेपछि उनी एट्लेटिकोको हिरोबाट सिधै भिलेन बन्न पुगे ।

एट्लेटिकोमा अविस्मरणीय क्यारियरमा पुर्नविराम राख्दै उनले बार्सिलोनामा ताजा सुरुवात गर्न खोजेको थियो, तर फ्रेन्च खेलाडीले बार्सामा सोचेको जस्तो उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

यद्यपि, एट्लेटिकोका पुर्व स्टारले हिजो भएको एल क्लासिकोमा सुरुवाती ११ मा आफ्नो स्थान बनाउन असफल भएपछि डोमिङगुएजले आफ्नो इमानदारी धारण ब्यक्ति गरे ।

“ग्रिज्मानले एट्लिटिको म्याड्रिड छोडेर आफ्नै चिहान खने,” पुर्व एट्लेटिकोका खेलाडीले बताए ।

ग्रिज्मानले यस सिजन बार्सिलोनाका लागि ५ खेल (२७३ मिनेट) खेलिसक्दा एक गोल पनि गर्न सकेको छैन । मेस्सी पनि यस सिजन आफ्नो उत्कृष्ट फम भने देखाउन सफल रहेका छैनन् । युवा खेलाडी फाटिले भने ५ खेलमा ४ गोल र २ असिस्स्ट गर्न सफल भएका छन् ।