ग्रिजम्यान सिजनका बाँकी खेलहरुमा मैदान बाहिर हुन सक्ने

एन्टोनी ग्रिजम्यानले चोटको कारण सिजनका बाँकी खेल गुमाउने सक्ने खबर छ । मांसपेशीमा चोटको कारण ग्रिजम्यानले सिजनका बाँकी खेल गुमाउने सक्ने भनेर बार्साले पुष्टि गरेको छ।

बार्सिलोनाका २९ वर्षीय स्टार शनिबार रियल भालडोलिडविरुद्धको खेलमा चोट ग्रसित हुन पुगेका थिए र दोस्रो हाफमा मैदान बाहिरिए।

दोस्रो हाफमा उनको स्थानमा लुइस सुआरेजले खेलेका थिए। उनले पहिलो हाफमा असहज महसुस गरेपछि दोस्रो हाफमा सुआरेजलाई मैदान छिराइएको थियो।

ग्रिजम्यानको आइतबार दायाँ खुट्टाको परीक्षण गरिएको र उनको मसलमा समस्या देखिएको बार्सिलोनाले पुष्टि गरेको छ।

अब उनले बिहीबार ओसासुनाविरुद्धको खेल गुमाउनेछन्। यस्तै उनले जुलाई १९ मा हुने डिपोर्टभो अलाभेसविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ।

 

ग्रिजम्यान गत वर्ष एट्लेटिको म्याड्रिडबाट बार्सिलोना आएका थिए। उनले बार्सिलोनाका लागि ३५ खेल खेल्दै ९ गोल गरेका छन्।