‘ग्रिजम्यान लियोनेल मेस्सीसँग खेल्ने सपना लिएर बार्सिलोना गएका थिए’

मेस्सीसँग खेल्ने सपना लिएर बार्सिलोना आएका एन्टोनी ग्रिजम्यानलाई पुर्व फ्रेन्च लेफ्ट ब्याक बिक्सेंटे लिजाराजुले उनलाई बार्सा छोड्न आग्रह गरेका छन्। ग्रिजम्यान बार्सिलोनामा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन देखाउन संघर्ष गर्दै गरेका छन्।

जुलाई २०१९मा €१२० मिलियनमा एटलेटिको म्याड्रिडबाट बार्सामा सम्मिलित भएका एन्टोनी ग्रिजम्यानले बार्सामा सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् गत सिजन सबै प्रतियोगिताहरूमा ४८ खेलमा उनले मात्र १५ गोल गरे जुन उनको रियल सोसियाडाड समय भन्दा खराब रहेको छ।

२९ बर्सका स्टारको बार्सा संग ला लिगामा २८५ मिनेट प्रति गोलको खराब रेकर्ड रहेको छ र पुर्व फ्रेन्च लेफ्ट ब्याक बिक्सेंटे लिजाराजुको विश्वास छ कि उनले बार्सा छोड्नु पर्छ।

विश्वकप विजेता बिक्सेंटे लिजाराजुले बताए “एन्टोनी ग्रिजम्यान उत्कृष्ट खेलाडी हुन्। उनी धेरै-धेरै राम्रो खेलाडी हुन् र उनी फ्रान्सका लागि शानदार छन्। तर उनले बार्सिलोनाका लागि राम्रो गर्न सकेका छैनन्। यो एक वास्तविक समस्या हो,”

“उनी लियोनेल मेस्सीसँग खेल्ने सपना लिएर बार्सिलोना गए, तर दुर्भाग्यवस ती दुई बीच कुनै प्राविधिक सम्बन्ध छैन।

“उनले आफ्नो स्थान फेला पार्न सकेका छैनन्, र उनि अब बार्सासँग फुटबल खेल्न सक्दैनन्। यो आत्मविश्वासको संकट हो।

“कहिले कहिँ समयमा पुरै पाखुरा काट्नु भन्दा हात मात्र काट्नु राम्रो हुन्छ। त्यसकारण आफ्नो ठाँउ नपाउँदा क्लब छोड्न हिचकिचाउनु हुदैन।