रियल सोसिआडाडका कोच इमानोलले बार्सिलोना बिरुद्धको खेल अघि मेस्सी र ग्रिजम्यानको बारे बोलेका छन्। रियल सोसिआडाडको यो सिजन लिगमा राम्रो सुरुआत रहेको छ र हाल सोसिआडाड लिगको शीर्ष स्थानमा छन् ।
Barcelona ‘will be unstoppable’ when Griezmann & Messi hit form – Alguacil https://t.co/LlhRLpzinT
— Barça Blaugranes (@BlaugranesBarca) December 16, 2020
खेल अगिको अन्तर्वार्तामा सोसिआडाडका कोच इमानोलले बार्सिलोनाको प्रशंसा गरे र उनको विश्वास छ कि ग्रिजम्यान र मेस्सीको राम्रो फोम सुरु भए बार्सालाई रोक्न असम्भव हुने छ।
“बार्सिलोना अझै पनि धेरै उत्कृष्ट छ। क्लबमा हाल स्थिरता छैन, तर त्यो अवसरहरूको फाइदा नलिनुको कारण हो। सबै खेलहरूमा उनीहरू जित्नको लागि पर्याप्त अवसरहरू सिर्जना गर्दैछन्।
🎙 Imanol Alguacil (Real Sociedad coach) “With Barcelona, I don’t think much has changed. With Ernesto Valverde, they were doing a great job. I have appreciation for all that he has done at the teams he has been at.” #BarçaRealSociedad
— FCBarcelonaFl ⏳ (@FCBarcelonaFl) March 6, 2020
“के हुदै गरेको छ भने उनीहरू लक्ष्यलाई हान्न असफल हुदै आएका छन्, तर त्यहाँ खेलहरू छन् जहाँ उनीहरूले रियल बेटिसको बिरूद्ध पाँच वा भिलारियलको बिरूद्ध चार गोल गरेका थिए।
“मलाई लाग्छ [ग्रिजम्यान ] धेरै सिर्जना गर्दै छन्, यदि उनले अधिक गोल पनि गर्न सक्छन। मलाई लाग्छ कि लिओनेल मेस्सी अझै लालिगामा सर्वश्रेष्ठ खेलाडी हुन्, जसले सबैभन्दा बढी अवरोध उत्पन्न गर्छन विपक्षी टिम बिरुद्ध। दुबै खेलाडीको राम्रो फोम सुरु भए बार्सालाई रोक्न असम्भव हुने छ”