बार्सिलोनाका लेजेण्ड स्ट्राइकर हिस्टो स्टोइचकोभले बार्साका स्टार एन्टोनी ग्रिजम्यानको आलोचना गरेका छन्।
Hristo Stoichkov (Barça great): “Whenever Griezmann is on the pitch, Barcelona play with ten players. If they want to do something in the long term, they have to sell him. Trincão and Braithwaite must be on the team. What is Griezmann doing there?” [sportsport] pic.twitter.com/VriF3cjfV7
— barcacentre (@barcacentre) March 12, 2021
५५ वर्षका पूर्व स्टारले १९९६मा बार्साबाट खेलेका थिए र उनले बार्सामा फ्रेन्च स्टार ग्रिजम्यानको प्रदर्शनको आलोचना गरेका छन्। एक अन्तर्वार्तामा बोल्दै ग्रिजम्यान मैदानमा हुँदा, बार्सिलोना १० खेलाडीहरूको साथ खेलको जस्तो हुने उनले दाबी गरे।
“जब ग्रिजम्यान पिचमा हुन्छन्, बार्सिलोना १० खेलाडीहरूमा सीमित भएको जस्तो हुन्छ,” स्टोइचकोभले स्पोर्ट्सपोर्ट.बा.लाई भने।
“Whenever Griezmann is on the pitch, Barcelona play with ten players. If they want to do something in the long term, they have to sell him.”
– Hristo Stoichkov pic.twitter.com/dXfg2ly6Ft
— Sporting Index (@sportingindex) March 12, 2021
“यदि उनीहरूले दीर्घकालमा केही राम्रो गर्न चाहन्छन् भने बार्साले उनलाई बेच्नुपर्दछ। ट्राइनको र ब्रेथवेटलाई ठाउँ दिनु पर्दछ, ग्रिजम्यान त्यहाँ के गर्दै छन्? ‘
एटलेटिको म्याड्रिडबाट २०१९मा बार्सा आए पछि विश्व कप विजेता सङ्घर्ष गर्दै छन् भने सोचेको जस्तो उनको खेल रहेको छैन।