‘ग्रिजम्यान बेचेर बार्सिलोनाले एम्बाप्पे साइन गर्ने छ’

TOPSHOT - France's forward Kylian Mbappe (R) celebrates scoring the opening goal with his teammate forward Antoine Griezmann during the Russia 2018 World Cup Group C football match between France and Peru at the Ekaterinburg Arena in Ekaterinburg on June 21, 2018. (Photo by Anne-Christine POUJOULAT / AFP) / RESTRICTED TO EDITORIAL USE - NO MOBILE PUSH ALERTS/DOWNLOADS (Photo credit should read ANNE-CHRISTINE POUJOULAT/AFP/Getty Images)

खबरहरुका अनुसार बार्सिलोनाले अर्को सिजनमा ग्रिजम्यानलाई बेच्न तयार गरेका छन्।

ओकिदेरियोका प्रमुख पंडित एडुआर्डो इंडाका अनुसार बार्साले एटलेटिको म्याड्रिडबाट १२० मिलियनमा हस्ताक्षर गरेका खेलाडी ग्रिजम्यानलाई समावेस गरेर बार्सिलोनाले काइलियन एम्बाप्पेलाई साइन गर्ने योजना बनाएको छ।

“बार्सा एम्बाप्पेको लागि प्रस्ताव राख्न चाहन्छन,र म्याड्रिडका संग पनि बदला लिनु पनि बार्साको लक्ष्य हो, म्याड्रिडले नेमारको हस्ताक्षरको लागि प्रयास गरेकोमा बार्सिलोना खुसी थिएनन् ,” इन्दले बताए।

“बार्साले डेम्बेले, ग्रिजम्यान र १२० मिलियन युरोको प्रस्ताव राख्ने छ एम्बाप्पेको लागि। फ्रान्सका दुई ठूला खेलाडी र १२० मिलियनमा बार्सिलोनाले एम्बाप्पे साइन गर्ने प्रयास गर्ने छ।”