ग्रिजम्यान बार्सिलोना होइन पीएसजी जाने

किलियन एम्बाप्पेको मड्रिड जाने वारे हालै विभिन्न अफबाह चलिरहेको छ । हालै अफवाह रहेता पनि विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एम्बाप्पे मड्रिड जाने भए पीएसजीले एथलेटिको मड्रिडका ग्रिजम्यान ल्याउने बताएको छ ।

विश्वकप विजेता फ्रान्सका अट्याकर ग्रिजम्यान बार्सिलोना जाने वारे चरम विबाद र अफबाह चलिरहेको छ । विभिन्न कारण उनको बार्सिलोना जाने वारे सम्भावना त्यति निश्चित छैन ।

ए.एस अनलाइनका अनुसार पीएसजीले ग्रिजम्यान भित्र्याउन तयार रहेको बताएको छ । ५ सिजन एथलेटिकोमा आवर्द ग्रिजम्यान क्लब छाड्न लागेका हुन् । साथै पीएसजीका युवा खेलाडी एम्बाप्पेले समेत क्लबमा बस्ने नबस्ने वारे खास फैसला नदिएको क्लबले बताएको छ ।

मड्रिड छाड्न बार्सिलोनाले १५५ मिलियन यूरो ग्रिजम्यान माथि खर्चिने योजना समेत बनेको पाइन्छ ।