‘ग्रिजम्यान बार्सिलोनामा जानु गलत निर्णय’

पूर्व बार्सिलोना डिफेन्डर जेरेमी मैथियू यस सिजन एन्टोनी ग्रिजम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन्।

बार्सिलोनामा एन्टोनी ग्रिजम्यानको प्रदर्शन एटलेटिको म्याड्रिडमा जस्तो नरहेको जेरेमी मैथियूको विश्वास रहेको छ।

“बार्सामा उनी एटलेटिकोको जस्तो स्तरमा पुग्न असफल रहेका छन्,” मैथियूले भने।

“मलाई लाग्छ उनी बार्सिलोनामा आउनु गलत निर्णय थियो।

“एटलेटिकोमा उनी टिमका महत्त्वपूर्ण अंश थिए, र मलाई थाहा छैन कि उनको स्थान बार्सिलोनामा छ कि छैन।”

ग्रिजम्यान २०१९मा बार्सामा आएका थिए। बार्साले उनको लागि €१२० मिलियन खर्च गरे पनि ग्रिजम्यानको प्रदर्शन आशा गरेको जस्तो हुन सकेको छैन।