ग्रिजम्यान दिएर स्टार पोर्चुगीज साइन गर्ने बार्सिलोनाको योजना

BARCELONA, SPAIN - NOVEMBER 04: Lionel Messi of FC Barcelona celebrates after scoring his team's first goal with his teammate Antoine Griezmann during the UEFA Champions League Group G stage match between FC Barcelona and Dynamo Kyiv at Camp Nou on November 04, 2020 in Barcelona, Spain. (Photo by Pedro Salado/Quality Sport Images/Getty Images)

बार्सिलोना एटलेटिको म्याड्रिडका युवा स्टार जाओ फेलिक्स साइन गर्न इच्छुक रहेको खबर छ भने उनलाई साइन गर्न बार्साले एटलेटिकोलाई एन्टोनी ग्रिजम्यान दिने योजना बनाएको चर्चा रहेको छ।

एन्टोनी ग्रिजम्यान २०१९मा एटलेटिको म्याड्रिडबाट बार्सा आएका थिए तर उनको खेल क्यामप नाउमा सोचेको जस्तो हुन सकेको छैन भने हाल बार्साले उनलाई जाओ फेलिक्स सँग साट्ने योजना बनाएको खबर छ।

स्पेनिस मिडिया टिभी३का अनुसार दुई क्लब उक्त ‘स्वाप डिल’मा इच्छुक हुन सक्ने छ र सो ट्रान्सफर आर्थिक रूपमा दुवै क्लबको लागि व्यवहार्य हुन सक्ने जानकारी छ।

हाल फेलिक्स पनि एटलेटिकोमा धेरै खुसी नरहेको चर्चा हुने गरेको छ। उनले क्लबमा धेरै मौका पाएका छैनन् भने उनको हालको एजेन्ट जोर्ज मेन्डिज पनि उनको लागि नयाँ क्लब खोज्न इच्छुक हुन सक्ने चर्चा छ।

लुइस स्वारेजको प्रस्थान पछि बार्साको आक्रमण केही कमजोर भएको छ र बार्सा आफ्नो ‘फ्रन्ट थ्री’लाई पूर्ण निर्माण गर्न इच्छुक रहेको चर्चा छ।