ग्रिजम्यान एटलेटिको म्याड्रिडमा फर्किन नजिक

BARCELONA, SPAIN - NOVEMBER 04: Lionel Messi of FC Barcelona celebrates after scoring his team's first goal with his teammate Antoine Griezmann during the UEFA Champions League Group G stage match between FC Barcelona and Dynamo Kyiv at Camp Nou on November 04, 2020 in Barcelona, Spain. (Photo by Pedro Salado/Quality Sport Images/Getty Images)

बार्सिलोनाका फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यान आफ्नो पूर्व क्लब एटलेटिको म्याड्रिड फर्किन नजिक रहेको खबर छ। हाल ला लिगा क्लब बार्सिलोना निकै जटिल आर्थिक समस्यामा फसेको कारण आफ्नो स्टार खेलाडी ग्रिजम्यानलाई बेच्न बार्सा बाध्य हुन सक्ने चर्चा हुँदै गर्दा बार्साले उनलाई एटलेटिको म्याड्रिडमा फिर्ता गर्ने खबर छ।

हाल रिपोर्ट अनुसार बार्साले एटलेटिको म्याड्रिडका साउल निगुएज सँग ग्रिजम्यानलाई साट्ने छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार बार्साले ग्रिजम्यानलाई एटलेटिकोमा फर्काउन एटलेटिकोका मिडफिल्डर साउल र केहि रकमको माग गर्ने छ र एटलेटिको पनि सो प्रस्तावबाट खुसी रहेको र सो ट्रान्सफर सफल हुन नजिक रहेको छ।

बार्साले यो ट्रान्सफर विन्डोमा मेम्फिस डिपे, एरिक गार्सिया, सर्जियो अगुएरो, र इमरसन जस्ता खेलाडी साइन गरे पनि सो खेलाडीहरू दर्ता गर्न बार्सालाई गाह्रो भएको छ र यसको कारण भने बार्साको तलब खर्च ला लिगाको तलब सीमा पार गर्नु हो।

बार्साका खेलाडीहरू धेरै ठुलो तलबमा रहेका छन् र सो तलब खर्चले ला लिगाको तलब सीमा नियम पार गर्ने हुनले बार्सालाई नयाँ खेलाडीहरू दर्ता गर्नमा समस्या भएको छ। नयाँ खेलाडी दर्ता गर्न बार्साले आफ्नो ३ धेर तलब कमाउने खेलाडीको तलब ४० प्रतिशतले घटाउनु पर्ने खबर छ जुन धेरै गाह्रो हुन सक्ने छ भने अर्को समाधान बार्साले आफ्नो फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यानलाई बेच्नु रहेको थियो जसमा बार्सा सफल हुन लागेको देखिन्छ।