ग्रिजम्यानले बार्सा छोड्न सक्ने- प्रिमियर लिग क्लबहरु स्थतिको मुल्यांकन गर्दै

प्रीमियर लीगका क्लबहरु बार्सिलोनास्टार एन्टोइन ग्रिजम्यानको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेका छन्।

बार्साका नयाँ कोच कोमनले ग्रिजम्यानलाई मेस्सीको स्थान दिने भनेका थिए तर अब मेस्सीले बार्सा नछोड्ने भए पछि उक्त योजनाहरु सब रद्द हुने स्पष्ट छ र डेली मेलका अनुसार उनले बार्सा छोड्न सक्ने छन् र उनको नयाँ गन्तव्य प्रिमियर लिग क्लब हुन सक्ने छ।

मेस्सीले क्लब छोडे ग्रिजम्यान बार्साका मुख्य खेलाडी हुने कोमनको योजना अहिले असफल हुने भए पछि बार्साले पनि उनलाई बेच्ने खबर छ र प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड र आर्सेनलले उनि माथि चासो देखाएको पनि खबर छ र उक्त अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको पनि डेली मेलको दाबी छ।

बार्सा अक्टुबरसम्म बाँकी विन्डो कोमनसँग आफ्नो टोलीको पुनर्संरचना गर्न खेलाडी बेच्ने र किन्न प्रयोग गर्न तयार छन्।