“ग्रिजम्यान आएसंगै बार्सिलोना अर्को सिजन च्याम्पियन्स लिगको ठुलो दावेदार”- रिभाल्दो

ग्रिजम्यानलाई साइन गर्दै बार्सिलोनाले आफ्नो आक्रामक क्षमतालाई अधिक बलियो बनाएको छ।

पुर्व बार्सिलोनाका खेलाडी र लेजेन्ड, रिभाल्दो विश्वास गर छन् कि ग्रिजम्यानलाई साइन गरे पछि बार्सिलोनाको च्याम्पियन्स लिग जित्ने सम्भावना धेरै बढेको छ।

बार्सिलोनाले ग्रिजम्यान, डे जोङ्ग जस्तो ठुलो नाम भित्राएर आफ्नो टिम धेरै बलियो बनाइरहेको छ र नेमार पनि बार्सिलोना फर्किने हल्ला चल्दै गर्दा बार्सिलोना अर्को सिजन धेरै खतरनाक टिम बन्न सक्द छ।

“ग्रिजम्यान होस् या नहोस् बार्सिलोना जहिले पनि च्याम्पियन्स लिगको ठुलो दावेदार बन्दै आएको छ, र अब ग्रिजम्यान जस्तो खेलाडी टिममा हुँदा बार्सिलोनाको च्याम्पियन्स लिग जित्ने सम्भावना धेरै बढेको छ।” – रिभाल्दो