“ग्रिजम्यानको मामला एटलेटिको मैड्रिड संग बार्सिलोना बिरुद प्रमाण छ”

एटलेटिको मैड्रिडका सी ई ओ, गिल मारिनले ग्रिजम्यानको मामलामा एटलेटिकोले ला लिगामा लगाएको उजुरी प्रमाणहरुमा आधारित रहेको बताए।

एटलेटिको मैड्रिडको दाबी छ कि ग्रिजम्यानकोको रिलिज क्लोस २०० मिलियन यूरो हुँदा बार्सिलोनाले खेलाडी संग सम्झौता गरिसकेको थियो र रिलिज क्लोस १२० युरोमा पुग्दा मात्र बार्सिलोनाले आधिकारिक सम्झौता देखायो।

“हामीले ला लिगा र स्पेनिश फुटबल संघमा आफ्नो गुनासो पेश गरेका छौं र उजुरी हालेका छौ”

“हामी कानूनी प्रक्रिया अगाडी बढाउदै छौ”

“हामी संग बार्सिलोना बिरुद प्रमाण छ र हाम्रो उजुरी प्रमाणहरुमा आधारित रहेको छ”