ग्रिजम्यानको दर्ता रोक्न एथ्लेटिको मड्रिडको माग

एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न ला लिगासंग माग गरेको छ।
ला लिगाका अध्यक्ष जाभियर टेबसले एथ्लेटिको मड्रिडले बार्सिलोनाका ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको जानकारी दिएका छन्।

बार्सिलोनाले गत हप्ता २८ वर्षीय ग्रिजम्यानलाई एथ्लेटिको बाट बार्सिलोना भित्र्याएको थिए। बार्सिलोनाले ग्रिजम्यानलाई १0८ मिलियन पाउन्डको रिलिज क्लाजमा अनुबन्ध गरेको थियो। तर भने एथ्लेटिकोले १८० मिलियन पाउण्डको रिलिज क्लज दाबी गरेका छन्। जुलाईमा नै बार्सिलोनासँग सहमति भएको एथ्लेटिको ले बताएको छ। बार्सिलोनाले धोका दिएको आरोप ने लगाएको छ। १0८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न ला लिगा सामु माग गरेको छ।

यता ग्रिजम्यानले भने बार्सिलोनाको लागि पहिलो मैत्रीपूर्ण खेल खेलिसकेका छन् जसमा जापान मा भएको खेलमा चेल्सीसँग २-१ गोलले हारेको थियो।