ग्यारेथ बेल र जिदानको सम्बन्ध झन खराब

चिनियाँँ क्लवसँगको यात्रा अन्तिम समयमा आएर रोकेपछि ग्यारेथ बेल स्पेनिस क्लब रियल मड्रिड रहने पक्का भएको हो। अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेलको सम्झौता अन्तिम समयमा रोकेका थिए।

प्रशिक्षक जिनेदिन जिदानले बेलले मड्रिड छाडेको सबैको लागि राम्रो हुने बताएका थिए। उनले बेल आफ्नो योजनामा नरहेको पनि बटाउँदै आएका थिए।

अन्तिम समयमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सम्झौता रोकेपछि जिदान निराश र दुखि छन्। यस कारण बेल र जिदानको सम्बन्धमा झन चिसो पसेको छ।

ग्यारेथ बेल औडी कपका लागि रियल मड्रिड टिमसँग जर्मनी गएका थिए्न्।