ग्यारेथ बेल रियल म्याड्रिड टिमबाट बाहिरे

ग्यारेथ बेलले स्पेनिस क्लब रियल म्याड्रिडको प्रि-सिजन टुरबाट हात झिकेका छन्। प्रिसिजनमा म्याड्रिड जर्मनी भ्रमणमा छ ।

चिनियाँ क्लबमा महंगो मुल्यमा अनुबन्धनको तयारी अन्तिम समयमा प्रक्रिया रोकिएपछि बेलले केही समय टिम बाहिर बस्ने र नखेल्ने निर्णय लिएका हुन्। बेल रियल म्याड्रिडबाट खेल्न तत्कालका लागि मानसिक रुपमा तयार नरहेको उनका ऐजेतले जानकारी दिए। म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई चीनियाँ क्लब जियाङ्सु सुनिङ जानबाट अन्तिम समयमा रोकेका थिए।

३० बर्षीय बेलको म्याड्रिडसँगको सम्झौता अझै ३ बर्ष बाँकी छ।  रियल म्याड्रिडका प्रशिक्षक जिदानले बेलले चाँडै क्लब छाड्ने बताएका थिए। त्यसपछि बेलको चीन यात्रा पक्का भएको थियो।

प्रि-सिजनको अर्को खेल रियल म्याड्रिडले मंगलबार टोट्टनहामसँग खेल्दैछ। बाकि खेल बार्यन म्युनिख र फेनरबाचसँग खेल्ने छ।